भक्तपुरमा २८ वर्षीया महिलाको हत्या गर्ने काभ्रेपलाञ्चोकका २ जना पक्राउ

२७ फागुन काठमाडौं । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र  भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।

चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments