भरुवा बन्दुक सहित २ जना पक्राउ

२ चैत, काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका-५ सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकबाट ३ थान भरुवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-५ सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र सोही नगरपालिका-३ देविथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् । जनजागृति सामुदायिक वनको पोखरी नजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments