बागलुङमा ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

३ चैत काठमाडौं । आफ्नै श्रीमती ४२ वर्षीया तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो । गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments