आफ्नै भाउजुको हत्या गरको अभियोगमा पक्राउ

१० चैत, रौतहट । आफ्नै ४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका-२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसिवीको कारण चैत ४ गते राति बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि ट्रोसिटी अस्पताल वीरगंज पठाएकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments