आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाउने प्रबिन पक्राउ

१२ चैत, काठमाडौं ।  आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments