ल्वाङ खेती गर्ने तरिका, नेपालमै गर्न सकिन्छ, जानिराखौ

१६ चैत, काठमाडौं । ल्वाङ एउटा सदाबहार बासनादार वृक्ष हो । ल्वाङ हामीले दिनहुँ प्रयोग गर्ने मसला हो । ल्वाङको मसला बाहेक आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । ल्वाङको रुख प्राय: ८ मिटर देखी १२ मिटर अग्लो हुन्छ । यो बिस्तारै बढ्ने रुख हो । यसको आयु औसतमा १०० बर्ष भन्दा बढी हुन्छ ।
खेती प्रविधि :-
– ल्वाङ खेती समुन्द्र सतहबाट ६०० मिटरदेखी १८०० मिटर सम्ममा गर्न सकिन्छ ।
– दोमट, रातो, कालो र मलिलो माटो राम्रो हुन्छ । तर बलौटे माटो यसको लागी त्यती राम्रो हुँदैन ।
– विरुवा रोप्दा ५-६ मिटरको फरकमा रोप्नुपर्दछ ।
– विरुवा रोपेको ४-५ बर्षमा ल्वाङ फल्न शुरु गर्दछ । १० बर्ष पुगेको ल्वाङको विरुवाले १५-२० केजी ल्वाङ उत्पादन गर्दछ ।
बजार :-
नेपाली बजारमा ल्वाङ होलसेलमा १००० देखी १२०० प्रती केजिमा बिक्री गर्न सकिन्छ ।
स्रोत-एग्रो मार्ट

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments