जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३० चैत, काठमाडौं । सुर्खेतमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments