अबैध भारतिय रुपैयाँ ३ लाख सहित ४ जना पक्राउ

३० चैत, काठमाडौं । मोरङमा श्रोत नखुलेको भारतिय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतिय नागरिक ३७ बर्षीय अभिनास मुखिया, २९ बर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका-१ सुनसरीका ३८ बर्षीय सुरज ऋषिदेव र ३८ बर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गत २८ गते दिउँसो बिराटनगर-१५ वाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतिय रुपैयाँ तिन लाख आठ हजार पाँच सय बरामद गरेको छ ।

श्रोत नखुलेको अबैध भारतिय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments