प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

७ बैशाख, काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौति नगरपालिका-१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।

राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश बिपरीत उपत्यकामा केही व्यक्तिहरु क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन लगायतका बिभिन्न करेन्सीहरुको अवैध कारोबारमा सक्रिय रहेका उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।

उनीहरूलाई उपर बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments