आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

१७ बैशाख, काठमाडौं । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षा भइरहेको छ।

शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments