नक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ

१ जेष्ठ , सर्लाही। गोडैता नगरपालिका-८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोट सहित भारत सितामढी रनौली-१० बस्ने २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सोही नगरपालिका-५ रामबन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नक्कली जस्तो देखिने नेपाली एक हजारको नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौडेताबाट खटिएको प्रहरीले बैठालाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त नोट फेला पारेको हो । साथै उनको साथबाट सक्कली जस्तो देखिने नेपाली नोट ५ सयको १ थान, १ सयको नोट २ थान, र ५० को नोट १ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments