२६ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ३२ वर्षीय जिवन पक्राउ
९ जेठ, काठमाडौं । तनहुँमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका-१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।