अन्तत हुनेभयो भेडालाई तीन वर्ष जेल सजाय

११ जेठ, जुबा । एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ ।

सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।

भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्कुयुल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’

स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ । स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments