बसले ठक्कर दिदा मोटरसाइकल पछाडि सवार राईको मृत्यु

११ जेठ, काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका-१ स्थितमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

आज बिहान साँढे ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को. १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका-८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका-२ का ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments