भारतले गहुँ पछि चिनी निर्यातमा लगायो प्रतिबन्ध, अब नेपालले के पाठ सिक्ने ?

११ जेठ,काठमाडौँ । भारतले चिनीको निर्यातमा प्रतिबन्ध गाएको छ । आगामी जुन १ बाट लागु हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ । यसअघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको छ ।

चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ । सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय छ ।

हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ । यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ । बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ । भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ ।

भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो । कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो ।

भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ भने दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments