एम्बुलेन्स पल्टिँदा घरमा सुतिरहेकि मनमाया को मृत्यु
१२ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा गएराति एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ।

गएराति ८ बजेतिर बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा मृत्यु भएको हो । एम्बुलेन्सका चालक भागेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।