सुनको सिक्री चोरी गर्ने बिदुर-१० भैसेका सुरेश नगरकोटी पक्राउ

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्‍वर नगरपालिका-६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-१० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments