आफ्नै भाउजू लाई प्रेट्टोल छर्की आगो लगाई हत्या गर्ने प्रमेश्‍वर परे पक्राउ

१७ जेठ, काठमाडौं ।  सप्तरीमा आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका-१ धनगडी बस्ने प्रमेश्‍वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments