३८ वर्षीया महिलालाई आफ्नै घरमा लगि करणी गर्ने भक्ते दमाई पक्राउ

१७ जेठ, काठमाडौं । म्याग्दीमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका-९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका-४ कजनिया भन्ने स्थानबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments