बुबाको लाइसेन्सको परीक्षा छोराले दिदै गर्दा पक्राउ

२० जेठ, काठमाडौं ।  हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।

सोही गाउँपालिका-७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिई रहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments