१४ वर्षीया बालिकालाई करणी गर्ने ३ जना पक्राउ

२२ जेठ, रुपन्देही । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् ।

बुटवल उपमहानगरपालिका-१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका-१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको हो । साथै हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको छ ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments