आज देखि नेपालमा मनसुन भित्रियो, कहाँ के हुँदै छ ?

२२ जेठ, काठमाडौं । नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले भनेको छ  नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ ।
यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । तसर्थ सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments