सुन चाँदी चोर्ने धादिङ थाक्रे ७ घर भएका ३३ वर्षीय बिजय लामा पक्राउ

२४ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका-६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका तयारी गहनाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका ३३ वर्षीय बिजय लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएको सूचना प्राप्‍त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका-१५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोलाको सुनको जस्तो देखिने बेरुवा औठी १ थान, १ तोलाको सुनको जस्तो देखिने रिङ १ जोर, ३० लालको सुनको जस्तो देखिने लकेट १ थान, १ तोलाको पत्थर सहितको चाँदीको जस्तो देखिने औठी १ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी गर्न नहुने कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments