जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२५ जेठ, काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments