हिजो दिनभर विद्युतीय पोलमा चढेका माइला उपचारका लागि नवजीवन परोपकार समाजमा

२९ जेठ, काठमाडौं ।  हिजो शनिबार बिहान करिब १० बजे तिर नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रसारण लाइनको विद्युतीय पोलमा चढेका थिए । उनी चढेको देखेपछि स्थानीयले प्रशासनलाई भनेर विद्युत लाइन बन्द गराउन लगाएका थिए ।

करिब ८ घण्टापछि उद्धार गरिएको थियो । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको थियो । शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका-७ स्थित त्रिशुली-मातातीर्थ प्रशारण लाइनमा चढेका थिए ।

अहिले माइला नवजीवन परोपकार समाजमा हुनुहुन्छ उहाँलाई डा मनोरोग विशेषज्ञ सँगको सलाहामा हस्पिटल लानेकी नवजीवनमा नै औषधी खुवाउने भन्ने कुरा भईरहेको कुरा दुर्गा नाथ दाहाल ले बताउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments