गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा शंकित ३८ वर्षीय खिल बहादुर पक्राउ

  1. १३ असार, काठमाडौं । गायिका दिलमाया विश्‍वकर्माको मृत्यु प्रकरणमा शंकित काठमाडौं कागेश्वर मनहरा नगरपालिका गोठाटार बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ स्याउले घर भएका सूर्य भन्ने ३८ वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने सुर्खेत गर्भाकोट नगरपालिका-२ घर तथा बाँके कोहलपुर खजुरा गाउँपालिका-६ सिमलघारी माइतीघर भएकी ३३ वर्षीया दिलमाया आफ्नै डेरामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन् ।
    घटनाको अनुसन्धानको क्रममा दिलमायासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिन आएका खिल बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान एवम् आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उक्त कार्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments