राप्तीसोनारीमा भरुवा बन्दुक सिकार खेलिरहेका गया पक्राउ अरु फरार

२ भदौ, बाँके । राप्तीसोनारी गाउँपालिका-४ स्थित सिक सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक र शिकार खेल्न प्रयोग गरिने जाल सहित सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय गया प्रसाद थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त सामुदायिक वनमा थारू समेत करिब १५ जनाको समूहले सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुर, सोही वनका अध्यक्ष र वन रक्षकको संयुक्त टोलीले थारुलाई फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments