लखनउमा दुर्घटनामा परि ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो

२५ पौष, काठमाण्डाै – भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो ।

टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो ।

अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ ।  दुर्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?