प्राविधिक शिक्षा आजको आवश्यकता : प्रमुख सचेतक लेखक

दोधारा चाँदनी:नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आजको आवश्यकता प्राविधिक शिक्षा भएको बताउनुभएको छ । आज महेन्द्रनगरमा बैजनाथ माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उहाँले सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पठनपाठनमा जोड दिनुपर्ने बताउनुभयो ।

“पढाइपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “पढाई अनुसारको रोजगारी पाउने र आफ्नो र परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ ।” उहाँले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । “सामुदायिक विद्यालयको गुणस्तर बढाउन जरुरी छ त्यसका लागि शिक्षक विद्यार्थीको नियमित अन्तक्रिया हुनुपर्छ ।”

नेता लेखकले भन्नुभयो– “राजनीतिमा लागेका शिक्षकलाई मेरो अनुरोध छ विद्यालय समयमा शिक्षा बाहेकका अन्य कुरा नगरौँ ।” उहाँले निर्वाचनको समयमा आफ्नो मताधिकार प्रयोग गरे पनि विद्यालयमा राजनीति गर्न नहुने बताउनुभयो ।

बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले आफू विद्यालयको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताउनुभयो । “सामुदायिक विद्यालयमा न्यून आयस्तर भएका जनताका छोराछोरी बढी हुन्छन् त्यसकारण उनीहरूको उज्ज्वल भविष्यका लागि शिक्षकले कुनै कसर बाँकी नराख्नु अनुरोध गर्छु”, उहाँले भन्नुभयो, “विद्यालयले न्यून शुल्कमा प्राविधिकधारका कक्षा सञ्चालन गर्ने छ ।” बैजनाथ माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ कृषि, कृषिबाली विज्ञान, इञ्जिनीयरिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments