ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव

काठमाडौं : पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताए । “तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो ।

ठेकेदार कम्पनीले टेन्डर पार्ने तर विभिन्न बहानामा मल नल्याइदिएका कारण यहाँ अलि बढी नै समस्या देखिएको हो । त्यही भएर भारतसँग जीटुजी माध्यमबाट तत्काल मल ल्याउन पहल गरिएको हो,” मन्त्री यादवले भने । ठेकेदार कम्पनीले टेन्डर (बोलपत्र) स्वीकार गरे पनि समयमा मल नल्याइदिएका कारण मलको अभाव भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

पहिलाको जस्तो टेन्डर भर्न कम्पनी नआउने गरेको र टेन्डर भरेर कबोल गरे पनि मल समयमा नल्याइदिएका कारण किसानसम्म पु¥याउन समस्या भइरहेको कृषि सामग्री कम्पनीका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए । भिध जेभी, सिल्क मार्केट, वेस ट्रेडिङ, सिल्क मार्केट सिनोम्याक बिड ग्लोबल म्याक्टिक्स, जेन ट्रेडलगायतका कम्पनीले मल ल्याउने ठेक्का पाए पनि उनीहरूले समयमा मल नल्याइदिएका उनले जानकारी दिए । प्रतिमेट्रिक टन छ सय अमेरिकी डलरमा सम्झौता भएकामा अहिले ठेकेदारले नौ सय डलर दाबी गरिरहेको कार्कीले बताए ।

कानुनी म्याद सकिएपछि कृषि सामग्री कम्पनीले ती ठेकेदार कम्पनीको टेन्डर रद्द गरेको छ तर टेन्डर रद्द भए पनि कतिपय ठेकेदार कम्पनीले मल ल्याउन सुरु गरेका छन् भने कतिपयले नेपाल भित्र्याइसकेका छन् । “कम्पनीले टेन्डर रद्द गरिसकेका कारण अब आउने मलको जवाफदेही हामी हुँदैनौँ,” प्रमुख कार्कीले भने ।चीनबाट ल्याउने एक लाख पाँच हजार मेट्रिक टन मलको टेन्डर रद्द भइसके पनि सिल्क मार्केटले साढे सात हजार मेट्रिक टन मल तातोपानी नाकामा ल्याइसकेको छ ।

त्यसलाई स्वीकार गर्न नसकिने कृषि सामग्री कम्पनीले जनाएको छ । भिध जेभीले २५ हजार मेट्रिक टन मल ल्याउने टेन्डर पाएको थियो तर उसले पनि समयमा नल्याइदिएका कारण टेन्डर रद्द भइसकेको छ । भिधले तातोपानी नाकामा चार सय मेट्रिक टन ल्याएर राखेको मलको पनि सरकार जवाफदेही नहुने उनले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments