चितवनमा बाघले गर्‍यो मानिससहित ४ पशुचौपायमाथि आक्रमण

चितवन : चितवनमा बाघले आक्रमण गर्दा एक जना मानिस घाइते भएका छन् । घाइते हुनेमा रापती नगरपालिका वडा नम्बर १ का इन्द्र बहादुर थिङ (वाइबा) रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज (शुक्रबार) बिहान ६ बजे वाइबा आफ्नै खेतमा तरकारी टिप्न जाने क्रममा बाघले आक्रमण गरेको थियो । आक्रमणबाट बाइवाको अनुहार र घाँटीमा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उहाँको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै,सोही बाघले उक्त स्थानका सुक बहादुर थिङको एउटा भैँसी, सुकराम तामाङको दुई वटा बङ्गुर मारेको र एउटा गाईलाई समेत घाइते बनाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments