बाघ आक्रमण :घाँस काट्न गएका २५ वर्षीय युवकको शव फेला

चितवन : चितवनमा बाघले आक्रमण गरेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

मंगलबार दिउँसो १ बजे पूर्वी चितवनको खैरहनी–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र घाँस काट्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको थियो ।

५६ जनाको समुहमा रहेका बोटेलाई बाघले आक्रमण गरेर झाडीतर्फ लगेको थियो । बेपत्ता भएका बोटेलाई निकुञ्ज प्रशासनको पहलमा ८ वटा हात्ती सहित प्रहरी , सेना लगायतको टोलिले खोजीकार्य गरेको थियो ।

उनको शव बाघले आक्रमण गरेको स्थानभन्दा १०० मिटर पर झाडीमा आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments