कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड

लुम्बिनी:कृषिको व्यावसायिक विकास र प्रवद्र्धन गर्न बुटवलमा आजदेखि कृषि मेला सुरु भएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना गरिएको उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि भइरहेको कृषिजन्य वस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । मुलुकको अर्थव्यवस्था सुधारका लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनुपर्ने उल्लेख गर्दै उहाँले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँ र बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यावसायिक विकासका लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको वस्तु उत्पादन, उत्पादित वस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्ने भन्ने विषयमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यही फागुन ६ गतेसम्म चल्ने छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ नाराका साथ कृषि मेला आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments