तरकारी तथा फलफूलको आजको मूल्य : हरियो धनिया प्रतिकेजी २५०,हरियो लसुन ३७५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ११०,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४७ , इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ७० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ४५ रुपैयाँ, कुरीलो प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १५५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ५५० केरा प्रतिदर्जन ८५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ४२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी