नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका, जानि राखौ

१६ माघ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । यो चारकुने आकार नभएको मात्र दुई सरकारी झण्डा (अर्को झण्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो । नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ । निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।

नेपालका केही पुराना झण्डा 

नेपालको झण्डा (१९औँँ शताब्दी–१९८४) 
नेपालको झण्डा (१९औँँ शताब्दी–१९८४)
नेपालको झण्डा (वि.सं १९८४–अन्दाजी १९८६)
नेपालको झण्डा (वि.सं १९८४–अन्दाजी १९८६)
नेपालको झण्डा (अन्दाजी १९८६–२०१८)
नेपालको झण्डा (अन्दाजी १९८६–२०१८)
स्वयम्भूमा पुरानो नेपाल (नेवार) झण्डा
स्वयम्भूमा पुरानो नेपाल (नेवार) झण्डा
कालचक्र समावेश नेपालको झण्डा
कालचक्र समावेश नेपालको झण्डा
मुस्ताङको झण्डा
मुस्ताङको झण्डा
राणा शासनको शाही मानक झण्डा
राणा शासनको शाही मानक झण्डा
शाह वंशको शाही मानक झण्डा
शाह वंशको शाही मानक झण्डा
नेपालको तेर्सो झण्डा
नेपालको तेर्सो झण्डा

अब नेपालको झण्डा बनाउने तरिका हेरौ

अझ तपाइँलाई बिस्तृत रुपमा जानकारी चाहिन्छ भने माथिको फोटोमा एक पटक छुनु होला

(क)   किनाराभित्रको आकार बनाउने तरीका

(१)   एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने ।

(२)   क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने । ख र घ जोड्ने ।

(३)   ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।

(४)   ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।

(५)   ग र छ लाई जोड्ने ।

(ख)   चन्द्र बनाउने तरीका

(६)   क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने ।

(७)   ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने ।

(८)   ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने ।

(९)   ञ र छ जोड्ने ।

(१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।

(११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो लगाउने ।

(१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने ।

(१३) ठ केन्द्र लिएर ठ ढ व्यासार्द्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने ।

(१४) ड लाई केन्द्र मानी ड थ व्यासार्द्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी खिच्ने ।

(१५) ढ केन्द्र मानी ढ ड को व्यासार्द्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको विन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ र ज झ काटिएको विन्दुको नाम न राख्ने ।

(१६)  न लाई केन्द्र मानेर व्यासार्द्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने ।

(१७)  न लाई केन्द्र मानेर व्यासार्द्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने ।

(१८)  यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने ।

(ग)   सूर्य बनाउने तरीका

(१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने ।

(२०)  ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने ।

(२१)  ब लाई केन्द्र मानेर ठ ढ व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने ।

(२२)  यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. (२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यको बाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरी बनाउने ।

(घ)   किनारा बनाउने तरीका

(२३)  न ढ को चौडाइ जति गाढा नीलो रंगको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिं बाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने ।

(२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने । झण्डा लट्ठीमा घुसार्ने हो भने क ग पट्टि आवश्यक परे जति किनारा चौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने ।

             स्पष्टीकरणः झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ रेखाहरू कल्पित हुन् । त्यस्तै सूर्यका बाहिरी र भित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पित हुन् । यिनलाई झण्डामा देखाइँदैन ।

द्रष्टव्यः राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments