एक घर एक धारा अभियानपछि तरकारी खेती

गण्डकी प्रदेश सरकारको रु.एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाइ भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ । सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मूल ट्याङ्कीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडावासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिनुभयो । गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुसी छन् । उहाँले भन्नुभयो, “अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।”

उक्त आयोजनाबाट त्यस क्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भइरहेको वडाध्यक्ष आलेले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments