आम्दानीको श्रोत बन्दै सुन्तला
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावा केराबारीका किसानले उत्पादन गरेको सुन्तला । यहाँका अधिकांश किसानको आम्दानी मुख्य श्रोतका रुपमा सुन्तला रहेको छ । भोजपुरमा यसवर्ष छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । जिल्लाभर ९२० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ ।
तस्बिर : युवराज विष्ट/रासस