‘मूल्य नपाएर उत्पादन सडकमा फाल्न नपरोस्’

काठमाडौँ:अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण आफ्ना उत्पादनको उचित मूल्य नपाएर लागतसमेत नउठ्ने अवस्थाको बारम्बार सिकार हुँदै आएको भन्दै निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा माग गरेको हो ।

पछिल्लो समय पुनः चितवनका तरकारी उत्पादक किसानले आयातित तरकारीका कारण आफ्नो उत्पादनको लाभकारी मूल्य नपाएको विरोधमा सडकमा तरकारी फालेर सङ्घर्ष गर्न बाध्य भएका छन् । “अखिल नेपाल किसान युनियन तरकारी किसानको यो आन्दोलनप्रति गम्भीर छ र यस आन्दोलनको समर्थन गर्दै राज्यले किसानको तरकारीको समर्थन मूल्य तोकेर तुरुन्त लागू गरोस् र यसरी किसानले मूल्य नपाएर आफ्नो उत्पादन सडकमा फाल्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने जोडदार माग गर्दछ”, युनियनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

युनियनले नेपालको जैविक र भू–धरातलीय विविधता तथा विषम हावापानीका कारण नेपाल तरकारीमा आत्मनिर्भर हुनसक्ने र गुणस्तरीय अग्र्यानिक तरकारी उत्पादन गरेर उच्च मूल्यमा निर्यात गर्न सक्ने स्थितिमा रहेको कुरालाई बेवास्ता गरेर किसान र राष्ट्रले आम्दानी गर्न सक्ने ठूलो सम्भावना खेर गइरहेको स्थितिसमेत औँल्याएको छ । राज्यसँग तत्कालीन र दीर्घकालीन किसानमैत्री नीति अख्तियार गरी किसानका समस्या हल गर्न र किसानहरूको नोक्सानीको क्षतिपूर्ति दिएर भर्पाइ गर्न पनि युनियनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments