हिमपातले किसान खुसी

लमजुङ, हिमाली जिल्ला मनाङमा लगातार हिमपात भइरहँदा किसान खुसी भएका छन् । किसानका अनुसार खेतीबालीका लागि हिउँ पर्नु राम्रो मानिन्छ । हिउँले बाली सप्रने उनीहरू बताउँछन् । मङ्गलबार दिउँसोबाट निरन्तर हिउँ परिरहेकाले बाली राम्रो हुने भन्दै किसान खुसी भएका छन् । चामे गाउँपालिका–२ थान्चोकका स्याउ कृषक नरेन्द्र घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो रहेको बताउनुभयो ।
एकैपटक नपग्लिने र विस्तारै पग्लिँदै जाने भएकाले माटोमा चिस्यान हुने र अन्नबालीको उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पानी प¥यो भने तत्काल पानी सुकिहाल्छ । हिउँ प¥यो भने विस्तारै पग्लिन्छ । खेतीमा चाहिने सिँचाइको मात्रा पुग्छ । हिमपात हुँदा केही समस्या भए पनि खेतीका लागि राम्रो हुन्छ ।
मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलकी कृषक छिङ्ता गुरुङले सुख्खा माटोमा बाली राम्रो नहुने र चिसो माटोमा राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, अब चैतमा आलु रोप्ने तयारी गरेका छौँ । आलुसँगै अन्य खेतीका लागि पनि हिउँले राम्रो काम गर्छ । हिमपात भएन भने त हामीलाई घाटा पो पर्छ त ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङगाउँका छिरिङ गुरुङले हिउँ पर्दा बिरुवाको जरा भिज्ने र चाहिने पानीको मात्रा प्रशस्त पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँ पर्दा यताउता हिँड्न समस्या भए पनि खेतीको लागि भने उचित छ ।
कृषि ज्ञान केन्द्र मनाङका कृषि प्रसार अधिकृत रामकुमार शाहका अनुसार हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ । हिउँ पर्दा बाली राम्रो हुने भएकाले किसान खुसी हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, हिउँले गर्दा झारपात मर्छ । माटोमा चिस्यान पुग्छ । किसानले सिँचाइको व्यवस्था गर्नु पर्दैैन । सबै हिउँले नै पु¥याइदिन्छ । राम्रो फाइदा पुग्छ ।
मनाङमा मङ्गलबार दिउँसो ३ बजेदेखि निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार दुई फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको मनाङ, टङ्की मनाङ, भ्राका, घ्यारु, खाङ्सार, पिसाङ, सदरमुकाम चामेलगायतका गाउँमा हिउँ परिरहेको स्थानीयको भनाइ छ ।गोरखापत्र ')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments