डडेल्धुरामा शैक्षिक सामग्री वितरण

डडेल्धुरा, सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । एक गैरससरकारी संस्थाको सहयोगमा करिब ६ हजार बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहितको स्कुल झोला वितरण गरिएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन र सबैको शिक्षामा समान पहुँचका लागि सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका २९ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको हो ।   
   
परियोजनाको रु एक करोड १८ लाख लगानीमा उक्त सामग्री वितरण गरिएको ‘रुडुक’ डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाइना फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको कार्यकारी निर्देशक साउदले जनाकारी दिनुभयो ।   
   
स्कुलझोला विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पठनपाठनलाई आवश्यक, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ र दिवाखाजालाई आवश्यक गरी २० वटा सामग्रीको प्याकेज रहेको छ । डडेल्धुरा, कैलाली र कञ्चनपुरका २९ आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका ६ हजार छात्र छात्रालाई ती सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ ।   
   
डडेल्धुराका अमरगढी र परशुराम नगरपाकिाका १४ सामुदायिक विद्यालयका २२ सय ९९, कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका आठ सामुदायिक विद्यालयका २२ सय ४६ र कञ्चनपुरका कृष्णपुर र बेल्डाडी नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयका १४ सय ५५ बालबालिकालाई ती सामग्री वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments