बाग्लुङमा श्रीमानले कोदालो प्रहार गरि श्रीमतीको हत्या, कोदालो प्रहार पछी आत्महत्याको प्रयास

ढोरपाटन । बागलुङमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् ।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
1 %
Sad
दुःख
76 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
19 %
Surprise
अचम्म
4 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments