जैमिनीमा दुई वर्षे छोरीको हत्या गर्ने बुबा पक्राउ

बाग्लुङ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा दुई वर्षकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षीय सायरदिन मियाँलाई पक्राउ गरेको छ ।

बालिकाकी आमा नभएको मौकामा छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । मियाँले मादक पदार्थ तथा लागुऔषध सेवा गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ ।

 

प्रहरीले बालिकाको शव परीक्षणका लागि बागलुङ ल्याएको छ । आरोपित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments