बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ । आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाइएको छ ।   
   
कूल रु एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ लागतमा निर्माण सम्पन्न उक्त खानेपानी तथा सरसफाइ आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ साल भदौमा सुरु भएको थियो । आयोजना गाउँपालिकाको रु ४९ लाख २२ हजार छ सय ४६, रोटरी क्लब बौद्धको रु ९२ लाख ७३ हजार नौ सय ४३, समुदायबाट रु छ लाख ९९ हजार र जनश्रमदान रु ४७ लाख ६७ हजार छ सय ६७ मा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments