लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

त्रिशूली, नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।   
   
जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो ।   
   
प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पार्‍यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिनुभयो ।   
   
उपाधि बिजेता पालिका र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।   
   
खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, उनीहरुलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडी उत्पादन गर्न सङ्घीय सरकारले सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका प्रभावकारी रहेको उहाँको भनाइ छ ।   
   
पालिकास्तरीय प्रतिस्पर्धाबाट छानिएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्दै अब जिल्ला खेलकुद विकास समितिको तर्फबाट बागमति प्रदेसस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो ।   
   
प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ बिधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments