सिन्धुलीमा पहिराले च्यापिएर एक जनाको मृत्यु

कमलामाई (सिन्धुली) । सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् । पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पुय्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments