गोठ र खोर सुधारमा अनुदान

कास्की । माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो ।

पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका नौ वडाका कृषकले पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पशुपालनलाई व्यावसायिक बनाएर कृषकलाई समृद्ध बनाउन पालिकाले सहयोग गर्दै आएको छ ।

कृषकको अवस्थाका बारेमा अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा लाभग्राही कृषक छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार छनोट भएका कृषकसँग एक हप्ताभित्र सम्झौता गरिने छ ।

व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउन लागिएको जनाइएको छ ।

कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा पालिकाले रू सात हजारदेखि रू २० हजारसम्म नगद उपलब्ध गराइनेछ । छनोट भएकामध्येमा ३६ लाई प्रतिकृषक रू २० हजार र बाँकीलाई रू सात हजार उपलब्ध गराइने गाउँपालिकाका पशु सेवा शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

फार्म दर्ता भएका र धेरै सङ्ख्यामा पशुपालन गर्नेका लागि रू २० हजार र थोरै सङ्ख्यामा पशुपालन गरेर जीविकोपार्जन गरिरहेका साना कृषकका लागि रू सात हजारका दरले उपलब्ध गराइने छ । त्यस्तै पालिकाले उत्पादनका आधारमा ‘प्रोत्साहन कार्यक्रम’अन्तर्गत दूधमा प्रतिलिटर रू एक अनुदान दिने भएको छ । चालु आवमा दूधमा अनुदानका लागि रू २० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी गाउँपालिकाले छ हजार नौ सय केजी बर्खे घाँसको बीउ कृषकलाई वितरण गरेको छ । पशु उत्पादन लागत कम गर्न र घाँसमा आधारित पशु आहाराका लागि सुडान र टिओसेन्टीक घाँसको बीउ वितरण गरिएको पशु शाखाले जनाएको छ ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments