साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

तुलसीपुर, दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताउनुभयो । “ बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उहाँले भन्नुभयो, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”   
   
अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहनुभएको छ । उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments