प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ, सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।   
   
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।   
   
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments