दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

दमौली, तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् ।   
   
भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बँेसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।   
   
दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments