वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

पाटन, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बनाउनुभएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उहाँको भनाइ छ ।   
   
आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताउनुभएको हो ।   
   
“अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पुर्‍याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ”, उहाँले भन्नुभयो ।   
   
विभिन्न देशमा रोजगारीका लागि गैरकानुनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उहाँले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताउनुभयो ।   
   
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानुनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताउनुभयो ।   
   
जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गर्नुभयो । सो अवसरमा उहाँले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको थियो । मन्त्री भण्डारीलाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments